तपाईँ सुन्दै हुनुहुन्छः

१२ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले १२ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार जलजला गाउँपालिका–६ का ५३ वर्षीय एक पुरुषले गत असार १४ गते दिउँसो करिब ३ बजे नाबालिकालाई ललाईफकाई करणी गरेको भन्ने उजुरी पीडितकी आमाले असार १७ गते प्रहरीसमक्ष दर्ता गराउनुभएको थियो । 

उजुरी प्राप्त हुनासाथ मातहतको प्रहरी चौकी मिलनचोकले जिल्ला प्रहरी कार्यालय पर्वतलाई जानकारी गराएको थियो । त्यसपछि प्रहरी निरीक्षक राजनकुमार पट्टेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल पर्वत, कुश्मामा पठाइएको थियो । स्वास्थ्य परीक्षणपछि उनको अवस्था सामान्य रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button