प्रतिनिधि सभाको बैठक आज, पाँच विधेयक पारित गर्ने कार्यसूची
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
व्यवस्थापन कार्यअन्तर्गत सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।








प्रतिक्रिया राख्नुहोस्