२३ औँ राष्ट्रिय धान दिवस: वीरगन्ज महानगरद्वारा धान रोपाइँ कार्यक्रम सम्पन्न
वीरगञ्ज ।२३ औँ राष्ट्रिय धान दिवसको अवसरमा वीरगन्ज महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा धान रोपाइँ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

यस वर्ष “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ यो दिवस मनाइएको छ ।
कार्यक्रम वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम को प्रमुख आतिथ्यतामा सम्पन्न धान रोपाई कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरपालिका बाडा नम्बर २६ मा स्थानीय एक किसानको खेतमा पुगेर धान रोपाइँ गरिएको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै कार्यवाहक नगर प्रमुख आलमले बढ्दो जलवायु परिवर्तनको समयमा आधुनिक र जलवायुमैत्री प्रविधिको प्रयोग गरेर मात्र धान उत्पादन बढाउन सकिने कुरामा जोड दिनुभयो। उहाँले नगरका किसानहरूलाई प्रविधिको पहुँचमा पु¥याउन र कृषिमा आत्मनिर्भर बनाउन महानगरपालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो ।
महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाले स्थानीय तहमा कृषिको आधुनिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो । असार १५ को मौलिक परम्परालाई जोगाउँदै व्यावसायिक कृषितर्फ अघि बढ्न यस कार्यक्रमले स्थानीय कृषकहरूलाई थप ऊर्जा दिएको छ ।
कार्यक्रममा महानगरका कर्मचारी, कृषि विज्ञ, स्थानीय जनप्रतिनिधि तथा कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले खेतमा धान रोप्नुका साथै असार १५ को परम्परा अनुसार सामूहिक रूपमा दही चिउरा खाएर एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ धान दिवस मनाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्