प्राविधिक कारण रास्वपाको बन्द्रसत्र आज स्थगित
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्द सत्र भोलिलाई सारिएको छ ।
प्रदेशहरूका प्रतिनिधिहरुको नामावली रुजु गर्न सोचेभन्दा बढी समय लागेकाले बन्द सत्र भोलि बिहान ७ बजेदेखि कार्ड वितरण सकिएपछि मात्र शुरु हुने रास्वपाका पत्रकार सम्मेलन गरी सहमहामन्त्री मनिष झाले बताउनुभयो । “महाधिवेशन सर्वोच्च निकाय भएकोले, यस विषयमा कुनै विवाद नआओस् भन्ने अपेक्षा गर्दछौँ । यसप्रति हुन गएको असरप्रति क्षमा प्रार्थी छौँ ।” सहमहामन्त्री झाले भन्नुभयो ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजसम्म तीन हजार कार्ड छपाइ भएका छन् । छापिएका कार्डहरू भने अहिले साँझ ७ बजेबाट बाँड्न सुरु गरिएको उहाँले बताउनुभयो ।
बन्द सत्र मङ्गलवार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । बन्द सत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ ।
बन्द सत्र रोकिएसँगै रास्वपाको महाधिवेशन एक दिन लम्बिने देखिएको छ । रास्वपाको महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्