राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्याङ्क सङ्कलन कार्यको प्रगति सार्वजनिक
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गतको स्थलगत तथ्याङ्क सङ्कलन कार्यको प्रगति सार्वजनिक गरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा.कमल प्रसाद पोख्रेलले तथ्याङ्क प्रविष्टिपछि रोजगारी, श्रमिक संख्या तथा आर्थिक गतिविधिसम्बन्धी विवरण सार्वजनिक गरिने र त्यसबाट सरकारलाई नीति निर्माण तथा आर्थिक निर्णयमा सहयोग पुग्ने बताउनुभयो ।
प्रमुख तथ्याङ्क अधिकारी डा. पोख्रेलले तथ्याङ्क सङ्कलन कार्य निर्धारित लक्ष्यअनुसार सम्पन्न हुँदै गएको र प्रक्रियामा बाँकी रहेका प्रतिष्ठानको गणना असार मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।
बैठकमा नेपाल राष्ट्र बैङ्कबाट उपभोक्ता मूल्य सूचकाङ्क लगायत मूल्य तथ्याङ्क सम्बन्धी कार्यहरूको सम्पूर्ण जिम्मेवारी राष्ट्रिय तथ्याङ्क कार्यालयमा आगामी एक वर्षभित्र चरणबद्ध रुपम हस्तान्तरण हुने तयारी अघि बढेको कार्यालयका उप–प्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्