तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश बिष्ट निर्वाचित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश बिष्ट निर्वाचित हुनु भएको छ । निर्वाचन समितिका अनुसार प्रदेश सभापतिमा निर्वाचित बिष्टले ३३८ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत ल्याउनु भएको छ । 

यसअघि  बिष्ट रास्वपा प्रदेश तदर्थ समितिका सभापति रहेका थिए । धामी कनचनपुर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ । सभापतिमा निर्वाचित हुन कुल खसेको मतदानको ५१ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था रहेको रास्वपाले जनाएको छ । सभापति बाहेकका पदाधिकारीको चयन दोस्रो चरणमा हुने छ । सभापति सहित ३१ जना सदस्य पदका लागि गयराति निर्वाचन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button