तपाईँ सुन्दै हुनुहुन्छः

एमाले लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा रोका र सचेतकमा लामिछाने नियुक्त

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेशसभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछानेलाई नियुक्त गर्नुभएको हो । 

दुवै जनालाई २०८३ जेठ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको संसदीय दलको नेता एवं मुख्यमन्त्री आचार्यले बताउनुभयो। यसअघि प्रमुख सचेतक रहेका रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका मगर हुनुहुन्थ्यो । 

चौधरीले सोमबार नै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको सपथ ग्रहण गरेपछि सचेतक रहनुभएकी रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो ।

नियुक्त भएका दुवैलाई प्रदेशसभामा दलको नीति, कार्यक्रम तथा निर्णयहरूको प्रभावकारी कार्यान्वयन, संसदीय गतिविधिको समन्वय तथा दलको अनुशासन कायम राख्ने जिम्मेवारी प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button