तपाईँ सुन्दै हुनुहुन्छः

सर्वदलीय बैठक जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठक सिंहदरबारमा जारी छ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन नेकपा एमालेका नेता ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूको सहभागिता छ ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button