तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका धावकलाई

कास्की । अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म सम्पन्न छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन–२०८३ मा जुम्लाका धावकहरूले वर्चस्व कायम गरेका छन्।

महिलातर्फ जुम्लाकी मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि हात पार्नु भयो ।  जुम्लाकी राज्यलक्ष्मी रावल दोस्रो र कल्पना बुढा तेस्रो हुन सफल हुनु भयो ।

पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवरले ४ घण्टा ४ मिनेट ११ सेकेण्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्नु भयो । नेपाली सेनाका तिलकबहादुर सुनुवार दोस्रो तथा स्थानीय धावक सचिन गुरुङ तेस्रो हुनु भयो ।

‘सबै मौसमका लागि पर्यटन’ भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा ६ विदेशी सहित ५१ धावकको सहभागिता रहेको थियो। विजेताहरूले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्राप्त गरेका छन्।

अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजना गरिएको म्याराथनको उद्देश्य अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धन तथा खेल पर्यटनको विकास गर्नु रहेको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button