पोखरामा आइतबारदेखि प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता हुने
पोखरा । पोखरामा आइतबारदेखि गण्डकी प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ ।
गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा र प्रदेश खेलकुद परिषद् गण्डकीको विशेष सहयोगमा सञ्चालन हुने दोस्रो संस्करणको पोखरा कप २०८३ प्रतियोगिता आइतबारदेखि पोखरा रङ्गशालामा हुने संघ गण्डकीका अध्यक्ष ध्वजकुमार गुरुङले बताउनुभयो ।

प्रतियोगितामा कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र स्याङ्जा गरी ६ जिल्लाका पुरुष टोलीहरूले सहभागी हुने उहाँले जनाउनुभयो । प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने र लिग कम नकआउटका आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको उद्घाटन आइतबार दिउँसो १ बजे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले गर्नुहुने खेल संयोजक कृपाश्वर गुरुङले बताउनुभयो ।
प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्