तपाईँ सुन्दै हुनुहुन्छः

बकर इदले सांस्कृतिक सद्भावलाई सुदृढ बनाउँछः अध्यक्ष दाहाल

काठमाडौँ।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले समर्पण, मानवता, सहिष्णुता र परोपकारको सन्देश बोकेको बकर इद (इद–उल–अजहा)ले धार्मिक तथा सांस्कृतिक सद्भावलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व बकर इद (इद–उल–अजहा)का अवसरमा शुभकामना व्यक्त गर्र्दै उहाँले यस पर्वले आपसी एकता, भ्रातृत्व र सामाजिक सहकार्यको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

अध्यक्ष दाहालले नेपालको संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतासहितको राष्ट्रका रूपमा परिभाषित गरेको उल्लेख गर्दै विविधताबीचको एकता राष्ट्रिय शक्ति र सभ्यताको पहिचान भएको बताउनुभएको छ ।

“यस्ता पर्वले नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहअस्तित्वको संस्कृतिलाई अझ सशक्त बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button