प्रदेश जनलोकपाल आयोगमा दुई सदस्य नियुक्त
जनकपुरधाम । मधेश प्रदेशको जनलोकपाल आयोगमा रिक्त स्थानमा दुई सदस्यहरु नियुक्त हुनुभएको छ ।
मधेश प्रदेशका प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रदेश जनलोकपाल ऐन, २०७७ अनुसार गठित सिफारिस समितिको सिफारिसमा महोत्तरीका सञ्जीव कुमार झा र कुमारी सुजाता विमललाई आयोगको सदस्यमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा महोत्तरीको औरही नगरपालिका–७ निवासी सञ्जीव कुमार झा तथा श्रीपुर नगरपालिका–८ निवासी कुमारी सुजाता विमललाई प्रदेश जनलोकपाल आयोग मधेश प्रदेशको सदस्यमा नियुक्त गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता विष्णुदेव साहद्वारा जारी विज्ञप्तिमा आयोगलाई थप प्रभावकारी र पूर्णता दिन सदस्य नियुक्ति गरिएको उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्