तपाईँ सुन्दै हुनुहुन्छः

सिको नयाँ अवधारण सम्बन्धि अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना

काठमाडौँ । फ्रेण्डस अन दि क्लाउड: प्लेटफर्म अफ इन्फुलेन्स नेपालले राजधानी काठमाडौँमा चिनियाँ राष्ट्रपति सि जिन फिङको ग्लोबल साउथ सम्बन्धि नयाँ अवधारणा र चीनको शासन पद्धति विषयमा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा नेपाल, भारत, चीन, भुटान र बङ्गलादेशका परराष्ट्र विज्ञहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले राष्ट्रपति सि को विश्वव्यापी शासन पद्धति र पहल, यसको प्रभाव तथा बदलिँदो विश्व शक्ति सन्तुलनको विषयमा अन्तरक्रिया सहित आफ्ना धारणा प्रस्तुत गरेका थिए । 

चिनियाँ राष्ट्रपति सिले ग्लोबल साउथ (विकासशील तथा उदाउँदा राष्ट्रहरूको समूह) लाई विश्व विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको महत्वपूर्ण शक्ति भनेर वर्णन गर्दै आएका छन् । सिको अवधारणाले विकासशील देशहरूले आफ्नै आवाज बलियो  बनाउनुपर्छ र विश्व शासन प्रणालीमा समान अधिकार पाउनु पर्छ भन्ने कुरालाई जोड दिएको छ ।

सि अवधारणाले कुनै पनि देशलाई विकासको अधिकारबाट वञ्चित गरिनुहुँदैन, सबै राष्ट्रले समान अवसर पाउनुपर्छ भन्ने कुरालाई स्थापित गर्न खोजेको परराष्ट्र विज्ञहरुले उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय गोष्ठीमा आयोजक फ्रेण्डस अन दि क्लाउड: प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष शोभित उप्रेती, कार्यक्रम संयोजक मनिषा श्रेष्ठ, अर्थशास्त्री डा. सुदन ओली, भुटानका पूर्व मन्त्री कर्मा दोर्जी, बङ्गलादेशका नेता डा. बेलाल होसिन, भारतका विदेश मामिला विज्ञ एवम् प्राध्यापक डा. रेणु राना लगायतले चिनियाँ राष्ट्रपति सिको ग्लोबल साउथ सम्बन्धि नयाँ अवधारणा र चीनको शासन पद्धति विषयमा आफ्ना धारणा प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button