राष्ट्रिय सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरूले बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव भएकोमा सरकारको ध्यानाकर्षण गराउनुहुँदै अत्यावश्यक औषधिको अभाव हुन नदिन प्रभाकारी कदम चाल्न आग्रह गर्नुभयो ।
बैठकमा सांसदहरूले जडीबुटी र पर्यटनको उच्च सम्भावना रहेको हुम्ला र बाजुराका सीमावर्ती क्षेत्रको देखिएको सीमा विवाद समाधानका लागि सक्रियता देखाउन, रुग्ण बन्दै गएको औषधि उद्योगको सुधारका लागि ध्यान पु¥याउन, हुम्लाको चंखेलीका बाढी–पहिरो प्रभावित व्यक्तिलाई राहत पु¥याउन तथा उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरूले राष्ट्रिय सभामा रिक्त दुई जना सदस्यको तुरुन्त पदपूर्ति गर्न, होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्वासीको समस्या छिटो समाधान गर्न, अन्तर्राष्ट्रिय दातृ निकायबाट प्राप्त ऋण तथा आर्थिक सहयोग उत्पादनशील क्षेत्रमा मात्रै खर्च हुन सुनिश्चिता गर्न, दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणको दोस्रो चरणको काम छिटो सुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभाको आजको बैठकमा अभौतिक साँस्कृतिक सम्पदा संरक्षण विधेयक २०८१ माथि छलफल गरी पारित गर्ने र वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्