तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको फेवातालमा डुबेर युवाको मृत्यु

पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–११ काहुँडाँडा निवासी २८ वर्षीय रिवाज गुरुङ बुधबार राति फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार गुरुङ राति करिब १ बजे नुहाउन भन्दै तालमा गएका थिए । सम्पर्कविहीन भएपछि रातिदेखि नै खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिकाबाट खटिएको १३ सदस्यीय विशेषज्ञ गोताखोर तथा उद्धार टोलीले बिहीबार बिहान पौने ४ बजे गुरुङलाई अचेत अवस्थामा उद्धार गरेको थियो ।

उनीलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button