क्रिकेटरहरू लामिछाने र ऐरीको एक दिवसीय वरियतामा सुधार
काठमाडौँ । नेपाली स्टार क्रिकेटरहरू सन्दीप लामिछाने तथा दीपेन्द्र सिंह ऐरीको एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) मा वरियतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले बुधबार जारी गरेको पछिल्लो वरियतामा सन्दीप र दीपेन्द्रको वरियतामा सुधार भएको हो ।
आइसिसीले जारी गरेको वरियताको बलिङतर्फ सन्दीपले ६ स्थान सुधार गर्दै ३७ औँ स्थानमा उक्लिएका हुन् । त्यस्तै बलिङतर्फ नै ललित राजवंशी १६ स्थान सुधार गर्दै ५४औँ तथा दीपेन्द्र ८९औँ स्थानमा छन् ।
अलराउण्डरतर्फ भने दीपेन्द्र ३ स्थान सुधार गर्दै २५औँ स्थानमा छन् । अलराउण्डर तर्फ नै गुल्सन झा १५ स्थान सुधार गर्दै ८७ औँ स्थानमा छन् । ओडिआई वरियतामा नेपाल भने १७ औँ स्थानमा यथावत् छ ।








प्रतिक्रिया राख्नुहोस्