तपाईँ सुन्दै हुनुहुन्छः

जोरा स्पोर्टस म्यानेजमेन्टद्वारा क्यान विरुद्धका मुद्दा फिर्ता लिने घोषणा

काठमाडौँ । जोरा स्पोर्टस म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ ।

म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानुनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी गराउनुभयो । 

जोरा स्पोट्र्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुदको बृहत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात् गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्तिमार्फत जनाएको छ ।

राखेपले गत २०८२ फागुन १२ गते पठाएको पत्रको स्वागत गर्दै जोरा स्पोट्र्सले खेलकुदको अभिभावक निकायको भावनालाई सम्मान गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button