तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल जारी

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक बर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको छ । 

छलफलमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई  स्वदेश फर्काउने प्रतिबद्धता जनाइसकेको सरकारले कृषिलाई आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो । 

बैठकमा नेकपाका सांसद गणेश बहादुर विश्वकर्माले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता वैचारिक रूपले अस्पष्ट भएको बताउँदै ७० प्रतिशत अनौपचारिक क्षेत्रको अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवकुमार राईले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा व्यावसायिक कृषि मोडलका कुरा गरिए पनि माटोमा पसिना बगाउने सीमान्तकृत किसानलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । 

छलफलमा सांसदहरु डा. अजुर्न कार्की, इन्दिरा रानामगर, भरत गिरी, विपिन आचार्य, रमेशकुमार मल्ल, लिमा अधिकारी, मोहन आचार्य, अनुस्का श्रेष्ठ लगायतका सांसदहरुले नतिजामुखी र निजी क्षेत्रलाई सम्बोधन गर्ने गरी बजेट निर्माण गरिनुपर्ने, कृषि पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सांसदहरुले विनियोजन विधेयकमाथि बोल्ने क्रम जारी छ । 

छलफलपछि अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले उठेका प्रश्नका जवाफ दिने कार्यसूची रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button