तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा टाटा विंगर दुर्घटना : एक महिलाको मृत्यु, दुई घाइते

धनकुटा। धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारस्थित टाटा विंगर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

निर्माणाधीन तमोर करिडोर सडक खण्डमा सोमबार बिहान भएको दुर्घटनामा परि मोरङको सुन्दरहरैँचा नगरपालिका–६ बस्ने ४० वर्षीया सवित्रा ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोले जानकारी दिए । दुर्घटनापछि सवारीभित्र च्यापिएकी उनको उद्धार गर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

सुनसरीको इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३९४९ नम्बरको टाटा विंगर आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा सवारी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ बस्ने अन्दाजी २८ वर्षीय तेजकुमार चेम्जोङ र सवारीमा रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका–८ बस्ने अन्दाजी २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन् । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त सवारीमा करिब २ हजार ५ सय चल्ला समेत रहेका र दुर्घटनाबाट केही चल्ला मरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button