युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन
काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएका मध्ये भाखा नाघिएको ऋणबापतको रु ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ ।
महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष ९सहुलियत० नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।
कोष र ऋणीबीच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ ।
कोषको २०८२ असार मसान्तसम्म रू दुई अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जाको साँवा बक्यौता देखिएको छ । तीमध्ये कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट रु ५७ करोड ९७ लाख १८ हजार साँवा तथा ब्याज रू आठ करोड ४६ लाख ९८ हजार र हर्जाना रू २३ लाख ८२ हजार कर्जा असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । रासस








प्रतिक्रिया राख्नुहोस्