एमाले सचिवालय बैठक पर्सी बस्ने
काठमाडौँ । नेकपा (एमाले) को आज बस्न भनिएको सचिवालय बैठक पर्सी बस्ने भएको छ ।
नेताहरूको व्यस्तताका कारण आज बैठक बस्न नसकेको र पर्सी एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीति लगायत जनपक्षीय विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्