तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबारभित्र नयाँ मन्त्रालयको नाम लेख्न सुरु

काठमाडौँ । सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुरानाका नाम मेटाउने काम सुरु भएको छ ।

सरकारले ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको सङ्ख्या २२ बाट घटेर १८ मा झरेको छ ।

सरकारले कार्य विभाजन नियमावली मार्फत साबिकका ८ मन्त्रालयलाई यथावत् राखेको र केही मन्त्रालयलाई गाभेको छ भने विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ बनाएको छ ।

साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र सहरी विकास मन्त्रालयका भवन खाली गरिँदै छ । 

यी मन्त्रालय कुनै गाभिएका छन् भने कुनैको नाम परिवर्तन गरिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button