तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी: राष्ट्रपति ट्रम्प

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्ता ‘अत्यन्त सकारात्मक’ भएको बताउनुभएको छ। 

ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामीले चिनियाँ प्रतिनिधिमण्डलसँग आज अत्यन्त सकारात्मक र फलदायी कुराकानी गरेका छौँ । 

भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभएको छ। 

अमेरिकी राष्ट्रपति र प्रतिनिधिमण्डलको सम्मानमा आयोजित रात्रिभोज समारोहमा राष्ट्रपति सी र उहाँकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो, “सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी र प्रथम महिला पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो ।”

President Donald Trump, left, and Chinese President Xi Jinping, center, arrives during a state dinner at the Great Hall of the People on Thursday May 14, 2026, in Beijing. (AP Photo/Mark Schiefelbein)

सहकार्यले अमेरिकालाई सहयोग पुर्‍याउने छः नेता सी

यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान् बनाउन सक्ने बताउनुभएको छ। 

ट्रम्पको एमएजीए अभियानलाई सङ्केत गर्दै नेता सीले भन्नुभयो, “चिनियाँ राष्ट्रको महान् पुनरुत्थान हासिल गर्ने कार्य र अमेरिकालाई फेरि महान् बनाउने काम पूर्ण रूपमा सँगसँगै चल्न सक्छ। यसले एक अर्कालाई सफल हुन मद्दत गर्न सक्छ र सम्पूर्ण विश्वको भलाइलाई अगाडि बढाउन सक्छ।

बेइजिङमा भएको वार्तापछि आयोजित एक भोजमा राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ’सेप्टेम्बर २४ मा ह्वाइट हाउसमा हामीलाई भेट्न आउनु भएकोमा म्याडम पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button