तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतद्वारा सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी 

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाऊ आदेश गर्दै यही जेठ ६ गते छलफलका लागि बोलाएको छ ।

अधिवक्ता डा प्रेमराज सिलवालद्वारा उक्त आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button