तपाईँ सुन्दै हुनुहुन्छः

सुडानका ४१ लाख शरणार्थी मूल थलोमा फिर्ता : आइओएम

खार्तुम । द्वन्द्वको कारण विस्थापित भएका लगभग ४१ लाख सुडानी नागरिक आफ्नो मूल थात थलोमा फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)ले घोषणा गरेको छ ।

सुडानका लागि आइओएमका मिसन प्रमुख मोहम्मद रेफाटले युएन न्यूजलाई सुडानभित्र वा बाहिरबाट मुल थात थलोमा फर्केका व्यक्तिको सङ्ख्यामा निरन्तर वृद्धि भएको पुष्टि गर्नुभएको छ । 

जसले सुडानको सुधारिएको अवस्थालाई सम्बोधन गर्ने आशाको झलक प्रस्तुत गरेको जनाइएको छ । उहाँले फर्केका मानिसको सङ्ख्या ८०% भन्दा बढी रहेको उल्लेख गर्दै उनीहरू सुडान भित्रैबाट र अन्य नौ वटा मुलुकबाट आफ्नो मुल थलोमा फर्केको जनाउनुभएको छ । यो प्रक्रियासहित आन्तरिक विस्थापित व्यक्तिको सङ्ख्या घटेर लगभग एक करोड २० लाख पुगेको जनाइएको छ । 

संयुक्त राष्ट्रसङ्घका अधिकारीले स्वैच्छिक फिर्तीको बढ्दो दरले सुडानी जनताले सुरक्षा स्थितिमा सामान्य सुधार भएता पनि थप आशा राखेर आफ्नो भूमिमा फर्केको जनाएका छन् । फर्केका अधिकांश मानिसले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ जहाँ चरम विनाश र आधारभूत सेवाको पतन भएको जनाइएको छ । खार्तुममा युद्वका कारण करिब ७०% घर आंशिक तथा पूर्णरूपमा नष्ट भएका छन् भने विस्तापित फर्कने क्षेत्र बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाको अभावबाट ग्रस्त छन् । रासस/क्युएनए

प्रतिक्रिया राख्नुहोस्

Back to top button