आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई
बागमती । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गरिनुपर्ने बताउनुभएको छ ।
आज यहाँ हेटौँडा उपमहानगरपालिका–११ सिमलटारस्थित सुकुम्वासी बस्तीका स्थानीयसँगको छलफलमा उहाँले संविधानले सुरक्षित गरेको आवासको हक संरक्षण र सम्मानका लागि सरकारप्रतिको संशय चिर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष राईले सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको सुनिश्चितता गरेर मात्रै बाँकी काम गर्न सरकारलाई सुझाव दिनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्