बुटवलमा महिला फुटबल सुरु
रुपन्देही । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ शनिवारबाट सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब, वालिङ विजयी भएको छ । ट्रिनिटीले पद्या स्पोर्टस क्लब, ओखलढुङ्गालाई १–० गोलले पराजित गरेको हो ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलमा वालिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । खेल सुरु भएको छैटौँ मिनेटमा ७ नम्बर जर्सीकी भूमिका बुढाथोकीले गोल गरेकी थिइन । जर्सी नं १४ कि दीक्षा रनपालले डिबक्सको दाँया कर्नरबाट निकालेको बललाई भूमिकाले वान टचमा गोल गरेकी हुन ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको २० औँ मिनेटमा पद्मा क्लबले पेनाल्टी प्राप्त गरेमा जर्सी नंं १८ कि पोषणी बोहोराले गोल गर्न असफल भइन ।
खेलमा ट्रिनिटीकि गोल रक्षक सावित्री किसान प्लेयर अफ द म्याच हुँदै नगद ५ हजार प्राप्त गरिन ।
आइतबार आयोजक बिस पचहत्तर युवा क्लब, बुटवल र अभिषेक चर्च, नवलपुरबिच हुने सचिव दिपक गुरुङले जनाएका छन् ।
बीस पचहत्तर युवा परिवारको आयोजनामा भएको हो । प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त र दोस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको प्लेयर दि म्याच हुने खेलाडीले ५ हजार नगद पाउने छ ।
प्रतियोगिता हेर्न आउने दर्शकका लागि करिब ३ हजार क्षमता भएको अस्थायी प्याराफिट निर्माण गरिएको छ । जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी छन् । प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राइजिङ स्टार क्लब कपिलवस्तु, पद्मा स्पोट्र्स क्लब ओखलढुङ्गा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, मकवानपुर फुटबल एकेडेमी हेटौडा र आयोजक बीस पचहत्तर युवा क्लबको सहभागिता छ ।








प्रतिक्रिया राख्नुहोस्