तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान

Antonio Guterres, United Nations High Commissioner for Refugees (UNHCR), arrives for a news conference at the United Nations in Geneva, Switzerland December 18, 2015. REUTERS/Denis Balibouse/File photo TPX IMAGES OF THE DAY

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र अमेरिकाबिचको व्याप्त गोलीबारी बारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ्न नदिन संयमता अपनाउन आह्वान गर्नु भएको छ । 

पत्रकारहरूसँगको सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले महासचिवले  वर्तमान समयलाई सम्झौता र  लागि महत्वपूर्ण क्षण भन्दै थप तनाव रोक्न सबै पक्षलाई अधिकतम संयमताका साथ अगाडी बढ्न आग्रह गर्नु भएको हो । 

गुटेरेसले सबै पक्षहरूलाई तनावलाई  उत्पन्न गर्ने वा चलिरहेको कूटनीतिक प्रयासहरूलाई कमजोर पार्ने कुनै पनि कार्यबाट टाढा रहन आह्वान गरेको डुजारिकले बताउनु भएको छ । शान्ति स्थापनार्थ भएका अनेकन प्रयासको वावजुत संयुक्त राज्य अमेरिका र इरानले , शुक्रबार, होर्मुजको जलक्षेत्रमा आक्रमण तथा गोलीबारी गरेपछि महासचिव गुटेरेसको आह्वान आएको जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button