तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था कार्यालय जनकपुरधामले चालक अनुमतिपत्र वितरण गर्ने

जनकपुरधाम । विगतमा छपाइका कारणले वर्षौंदेखि चालक अनुमतिपत्र पाउन नसकेका सेवाग्राहीहरूलाई यातायात व्यवस्था कार्यालय जनकपुरधामले चाडै लाइसेन्स वितरण गर्ने भएको छ । नेपाल सरकारले छपाई गरेर २४ हजार स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) यस कार्यालयमा पठाएको जनाउँदै चाँडै वितरण गरिने भएको यातायात व्यवस्था कार्यालय जनकपुरधामले जनाएको हो ।

कार्यालयले आज सूचना जारी गर्दै नयाँ, थप श्रेणी तथा नवीकरण गरिएका लाइसेन्स छपाइ भएर आइसकेकाले सम्बन्धित सेवाग्राहीलाई कार्यालयको आधिकारिक फेसबुक पेजमा आफ्नो नाम सुनिश्चित गरेपछि मात्रै लाइसेन्स लिन आउन पनि कार्यालयले आग्रह गरेको छ ।

कार्यालयका अनुसार लाइसेन्स वितरण कार्य सोमवार देखि कार्यालय सञ्चालन रहेको दिन बिहान ९ः३० बजेदेखि बेलुका ३ बजेसम्म हुने पनि जनाएको छ । 

लाइसेन्स लिन आउँदा सम्बन्धित व्यक्तिले पुरानो सक्कल लाइसेन्स वा सक्कल रसिद अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने कार्यालयका वरिष्ठ शाखा अधिकृत चन्देश्वर साहले हस्ताक्षर गर्नु भएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button