सभामुख अर्यालद्वारा ई–हाजिरी प्रणाली लगायतका व्यवस्थाको अवलोकन
काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले संघीय संसद् भवनमा सुरुवात गर्न लागिएको साङ्केतिक भाषा सेवा, ई–हाजिरी प्रणाली लगायतका व्यवस्थाको अवलोकन गर्नुभएको छ।

उक्त अवसरमा माननीय उपसभामुख रुबी कुमारी तथा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेको समेत उपस्थिति रहेको थियो।
समावेशी, प्रविधिमैत्री तथा प्रभावकारी संसदीय अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले सुरु गर्न लागिएका यी सेवाहरूले संसद्को कार्यसम्पादनलाई अझ सहज, पहुँचयोग्य र व्यवस्थित बनाउने विश्वास लिइएको छ।








प्रतिक्रिया राख्नुहोस्