तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान–प्रदान दूत’ नियुक्त गरेको छ । उपकुलपति प्राध्यापक डा सुवर्णलाल बज्राचार्यले फुलाई दूत नियुक्तिको प्रमाणपत्र प्रदान गर्नुभएको हो । 

विश्वविद्यालयले दूतमा नियुक्त चिनियाँ नागरिक फु च्याङले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रवर्द्धन तथा सांस्कृतिक आदानप्रदान तथा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ । सन् २०२५ देखि सोही विश्वविद्यालयमा बौद्ध दर्शनशास्त्र अध्ययनरत उहाँले चीनबाट परोपकारी सहयोग जुटाएर नेपाली ग्रामीण बस्तीमा इनार निर्माण, विश्वविद्यालय पुस्तकालयमा सहयोगलगायत विभिन्न परियोजनामा सक्रिय योगदान पु¥याउनुभएको विश्वविद्यालयले जनाएको छ ।

नवनियुक्त दूत फु छियाङले बौद्ध दर्शनशास्त्र अध्ययनमा आफ्नो शैक्षिक यात्रालाई अझ सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा बौद्ध शिक्षाको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button