ट्रक सफा गर्ने क्रममा च्यापिएर सहचालकको मृत्यु
मकवानपुर। हेटौँडा उपमहानगरपालिका—११ थानाभर्याङमा ट्रक सफा गर्ने क्रममा च्यापिएर सहचालक पर्साको पर्सागढी गाउँपालिका–३ का विरुवागुठीका २३ वर्षीय फुलकान्त थारुको मृत्यु भएको हो ।
रोकिराखेको ना.७ ख.७०१८ नम्बरको लहरी ट्रकको अगाडिको भागको सिसा पुछिरहेको अवस्थामा चालकले गाडी चलाएपछि लोकमार्ग छेउमा अगाडि रोकिराखेको ना ६ख४२८९ नम्बरको ट्रक पछाडि ठोक्किँदा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।
प्रवक्ता बोगटीका अनुसार घटना लगत्तै ट्रकका चालक पर्सा ठोरी गाउँपालिका–१ का ३२ वर्षीय एकराज तिमिल्सेना र अर्का चालक उदयपुरका २९ वर्षीय भविस तामाङलाई नियन्त्रणमा लिइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्