सुकुम्वासी र विस्थापित ३६ परिवारलाई जैमुनीले बनाइदियो घर
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले घरविहीन नागरिकका लागि घर बनाइदिएको छ । सुकुम्वासी, विपदबाट विस्थापित भएका र आर्थिक अभावका कारण घर बनाउन नसकेको ३६ परिवारका लागि नगरपालिकाले घर बनाइदिएको हो ।

१३ परिवार सुकुम्वासी, विपद्बाट घरविहीन भएका १२ परिवार र आर्थिक अभाव कमजोर भई पुर्ननिर्माण गर्न नसकेका ४१ परिवारको घर बनाउने योजना अन्तरगत हालसम्म ३६ घर निर्माण गरेर हस्तान्तरण गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
नगरपालिकाले १० वटै वडाका घरविहीनका लागि घर बनाइदिएको उपप्रमुख शर्माले बताउनुभयो । घरविहीनहरूको घर निर्माणका लागि तीन लाख, विपद्बाट क्षति भएर घरविहीन भएका परिवारलाई दुई लाख ५० र आर्थिक अभाव कमजोर भई पुनःनिर्माण गर्न नसकेका परिवारलाई दुई लाख उपलब्ध गराउने गरि कार्यविधि बनाएर काम गर्दै आएको उहाँको भनाइ थियो ।
नगरपालिकाले सुकुम्वासी परिवारलाई भने जग्गा खरिद गरि घर बनाइदिएको शर्माले बताउनुभयो । तीन पुस्तासम्म घर नभएकाहरूलाई नगरपालिकाले पहिलो चरणमा बनाइ दिएको थियो भने विपद् र आर्थिक अभावका कारण पुनःनिर्माण गर्न नसकी अरूको घरमा आश्रय लिएकाहरूलाई दोस्रो चरणमा आवास बनाइ दिएको हो ।








प्रतिक्रिया राख्नुहोस्