तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा कास्की प्रहरीको ‘स्वीप अपरेसन’, एकै रात १२२ जना पक्राउ

कास्की । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा बुधबार राति सञ्चालन गरेको ‘स्वीप अपरेसन’मा १२२ जना पक्राउ परेका छन् ।

रामबजार, लेखनाथ क्षेत्रका ताल आसपास, काहुँडाँडा, लम्भीडाँडा, लेकसाइड, महतगौंडा, दोबिल्लालगायत क्षेत्रमा टोले गुण्डागर्दी, लागुऔषध ओसारपसार तथा प्रयोग र शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार बुधबार राति ९ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म करिब १०० जना प्रहरी परिचालन गरी अभियान सञ्चालन गरिएको थियो । पक्राउ परेकामध्ये केहीलाई सोधपुछपछि छोडिएको र बाँकीमाथि अनुसन्धान जारी रहेको कार्कीले बताउनुभयो ।

प्रहरीले पछिल्लो समय पोखरामा लागुऔषध प्रयोग तथा कारोबार बढेको र शान्ति–सुरक्षासम्बन्धी गुनासो आएपछि अभियान सञ्चालन गरिएको जनाएको छ ।

स्वीप अपरेसनमा वडा प्रहरी कार्यालय बैदाम, रामबजार, बगर र इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button