अवरुद्ध मेची राजमार्ग एकतर्फी सुचारु
इलाम । अवरुद्ध मेची राजमार्ग एकतर्फी सुचारु भएको छ । इलामको रोङ गाउँपालिका ४ बागखोरस्थित मेची राजमार्गमा सुख्खा पहिरो झरी यातायात अवरुद्ध भएको थियो ।
सडक मर्मत भइरहेको स्थानमा मध्याह्न १२ः५९ बजे करिब १० मिटर माथिबाट ढुङ्गा, माटो सहितको सुख्खा पहिरो झर्दा मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुई तर्फी बाटो खुलाउने कार्य भइरहेको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्