तपाईँ सुन्दै हुनुहुन्छः

सुख्खा पहिरो झर्दा मेची राजमार्ग अवरुद्ध

इलाम । इलामको रोङ गाउँपालिका ४ बागखोरस्थित मेची राजमार्गमा सुख्खा पहिरो झर्दा यातायात अवरुद्ध भएको छ । 

सडक मर्मत भइरहेको स्थानमा मध्याह्न १२ः५९ बजे करिब १० मिटर माथिबाट ढुङ्गा, माटो सहितको सुख्खा पहिरो झर्दा मेची राजमार्ग पूर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

पहिरो बाट मानवीय क्षति भएको छैन । बाटो दुई तर्फी पूर्ण रुपमा अवरुद्ध  भएको छ । उक्त सडकको वैकल्पिक बाटोको रुपमा  हाँस पोखरीबाट हाप्पेन चोक झापा निस्किने बाटो बाट सानो गाडी आवतजावत भइरहेको छ । बाटो खुलाउने कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button