तपाईँ सुन्दै हुनुहुन्छः

इलाम गोल्डकप : चित्लाङलाई हराउँदै एनआरटी सेमिफाइनलमा 

इलाम । डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) इलाममा जारी तेस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको ठुलो टुँडिखेलमा भएको प्रतियोगितामा चित्लाङ फुटबल क्लबलाई १–० ले पराजित गर्दै एनआरटी सेमिफाइनल प्रवेश गरेको हो ।

एनआरटीको जीतमा आदित्य शाक्य नायक बने । खेलको १८ औँ मिनेटमा आदित्य शाक्यले प्रहार गरेको फ्री किक गोलमा परिणत भयो । चित्लाङले पटक पटक गोल गर्ने अवसर प्राप्त गरे पनि खेलमा फर्कन सकेन । आजको प्लेयर अफ द म्याच एनआरटीका आदित्य शाक्य बने । उनले नगद ८ हजार एक सय र ट्रफी  प्राप्त गरेका छन् ।

आजको अन्तिम क्वाटर फाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पुरा भएको छ ।

बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिता १२ गतेसम्म सञ्चालन हुनेछ । रेड हर्ष फुटबल क्लबद्वारा आयोजित  प्रतियोगिताको  विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिता फाइनल बैशाख १२ गते हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button