ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दाजुभाइको मृत्यु
धनगढी । कैलालीमा ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका एकै परिवार दुई वालक (दाजुभाइ) को मृत्यु भएको छ भने आमाछोरा बिरामी परेका छन् ।
ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका चुरे गाउँपालिका ३ का दिपक ताम्राकार (५ वर्ष) र भिम ताम्राकार (८ वर्ष) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टले बताउनुभयो । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
कुखुराको मासु खाँदा बिरामी परेका राधिका ताम्राकार (आमा) र ३ वर्षका दिपेश ताम्राकार (छोरा) को नवजीवन अस्पतालमा उपचार भइरहेको बताइएको छ । ताम्राकार परिवारले स्थानीय पोल्ट्रिफर्मबाट ब्रोइलर कुखुरा किनेर मासु खाएको भन्ने खुल्न आएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्