तपाईँ सुन्दै हुनुहुन्छः

कोरियाबाट फर्किएका कामदारको पुनः एकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौँ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनः एकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ ।

कोइकाले आज जारी गरेको विज्ञप्तिअनुसार कोरियाबाट स्वदेश फर्किएका आप्रवासीको  पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम  प्रदान गरिएको हो । 

कोरियाबाट फर्किएकाहरूलाई वित्तीय समस्या हुन नदिन तथा उनीहरूलाई उद्यममा व्यस्त राख्न कोरियामा आर्जन गरेको सीप र अनुभवलाई उपयोग गरी स्थानीय आर्थिक विकासमा टेवा पु¥याउनु परियोजनाको लक्ष्य हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button