तपाईँ सुन्दै हुनुहुन्छः

पिएम कपमा बागमती प्रदेशमाथि लुम्बिनीको सहज जीत

जनकपुरधाम । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको ४२ औँ खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको छ ।

जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा बागमतीलाई लुम्बिनीले ३४ रनले जीतेको हो ।

पहिलो व्याटिङ्ग गरेको लुम्बिनीले ४२.२ ओभरमा सबै विकेट गुमाएर २३३ रनको स्कोर खडा गरेको थियो । लुम्बिनीका तर्फबाट प्रज्जवल थापाले ६२ बलको सामना गर्दै ४६ रन बनाएका थिए । आकाश त्रिपाठीले ७२ रनको पारि खेलेका थिए । यसै गरि देव खरेल ३७, दिनेश बोहोरा १४ र सन्तोष यादवले २५ रनको योगदान  दिएका थिए ।

बागमतीका तर्फबाट बलिङ गर्दै सन्दीप लामिछानेले ३, विवेक मगरले ३, राजन ढकालले २ र प्रतिश जिसीले १ विकेट लिएका थिए ।

२३४ रनको लक्ष्यसहित खेल मैदानमा उत्रिएको बागमती प्रदेश ४४ ओभरमा सबै विकेट गुमाएर १९९ रनमा समेटियो । बागमतीका तर्फबाट आशुतोष घिरहीया १५, सुभम कंशाकार १२, रञ्जन लामा १६, इशान पाण्डे १७, विवेक मगर ४५, उत्तम मगर २३, प्रतिश जीसी १४ र सन्दीप लामिछानेले ३२ रन बनाएका थिए ।

लुम्बिनीका तर्फबाट बलिङ गर्दै निर्मल गुरुङले १० ओभरमा ४ मेडनसहित २७ रन मात्र दिएर ५ विकेट लिए । 

आजको खेलमा लुम्बिनी प्रदेशको जीतमा अहम् भूमिका खेलेका बलर निर्मल गुरुङ प्लेयर अफ दि म्याच भए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button