तपाईँ सुन्दै हुनुहुन्छः

भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा ताला

काठमाडौँ । वर्षौँदेखि बक्यौता नतिरी बसिरहेका भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवनमा ताला लगाइएको छ ।

समाज कल्याण परिषद्ले आज मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं सङ्घ संस्थाहरूले विगत लामो समयदेखि भाडा नबुझाई सञ्चालन गरिरहेका स्टल, भवन, बुथमा ताला लगाएको हो । 

बक्यौता बुझाउन पटक–पटक पत्राचार एवं सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अटेर गरेपछि यसरी ताला लगाउनुपरेको परिषद्का सदस्य सचिव सरोजकुमार शर्माले जानकारी दिनुभयो ।

परिषद्ले वर्षौँदेखि भाडा नतिरेका २० वटा स्टलमा तालाबन्दी गरेको हो । ताला लाग्नेमा रिपोटर्स क्लब नेपाल, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलगायत रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button