तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बुधबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्न लागेको जानकारी दिनुभयो ।

बैठकमा सहभागी हुनका लागि कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button