कारागारबाट फरार कैदी पक्राउ

बैतडी । डडेल्धुरा कारागारबाट भागी फरार रहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी खोड्पेबाट प्रहरी नायब निरीक्षक उदय सिंह खडायतको कमाण्डमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा आइतबार दिउँसो करिब ३:३० बजे फरार कैदीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–८ सलमाडीका ३४ वर्षीय रमेश बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो । कैदी बिष्ट गत भदौ २३र२४ गतेको जेन्जी आन्दोलनका क्रममा डडेल्धुरा कारागारबाट फरार भएका थिए।
प्रहरीले उनलाई सोही वडाको जसलेखाली क्षेत्रबाट पक्राउ गरी हाल प्रहरी चौकी खोड्पेमा राखेको जनाएको छ। पक्राउ परेका विष्टलाई थप कारबाहीका लागि कारागार कार्यालय डडेल्धुरा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्