स्वास्थ्य बिमा सामाजिक सुरक्षाको आधारस्तम्भ हो : मन्त्री साह

पाटन(ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले स्वास्थ्य बिमा सामाजिक सुरक्षाको आधारस्तम्भ भएकाले यो कार्यक्रमलाई बलियो बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
‘राज्यको लगानी नागरिकको योगदान, स्वास्थ्य बिमा साझा अभियान’ भन्ने नाराका साथ स्वास्थ्य बिमा बोर्डको १०औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित एक समारोहमा मन्त्री साहले सजिलोसँग जनतालाई सेवा पुर्याउने स्वास्थ्य बिमाको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
“संविधानको धारा ३५ मा व्यवस्था भएअनुसार स्वास्थ्य सेवा नागरिकको मौलिक हक अधिकार हो, मौलिक हक कार्यान्वयन गर्ने सबैको साझा दायित्व हो, यसलाई व्यवस्थित बनाएर जानुपर्छ”, उहाँले भन्नुभयो, “यो कार्यक्रममा सबैलाई आबद्ध गराउनुपर्छ, अस्पतालले पनि बिरामीसँग पैसा लिने मात्रै सोच लिनु हुँदैन ।”
स्वास्थ्य बिमा बोर्डले व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताउँदै मन्त्री साहले मौलिक अधिकार जनताको घरमा पुर्याउने सबैको साझा दायित्व भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्