तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सभाको बैठक आज, महत्वपूर्ण विधेयक पेश हुँदै

दाङ। लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १:०० बजे बस्ने भएको छ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयदेखि महत्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

बैठकको प्रारम्भमा माननीय सदस्यहरूले विशेष समयमा समसामयिक विषयमा आफ्नो धारणा राख्नेछन्। त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड न्यौपानेले “लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक” सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, मुख्यमन्त्री चेत नारायण आचार्यले “जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकले प्रदेशका कानुनी तथा संस्थागत संरचना सुधारमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button