‘जिम्मेवार पत्रकारिता गरौँ’
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । सही सूचना पाउने जनताको अधिकार सुनिश्चित गर्नु पत्रकारको कर्तव्य भएको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसको अवसरमा अध्यक्ष शर्माले शुभकामना व्यक्त गर्नुहुँदै जिम्मेवार पत्रकारितामार्फत समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न अपिल गर्नुभएको हो ।
अध्यक्ष शर्माका अनुसार पछिल्लो समय सूचना प्रविधिको विकाससँगै बढिरहेको सामाजिक सञ्जालको प्रयोगले मिथ्या सूचनाको प्रवाह पनि बढ्दो छ । त्यस्ता मिथ्या सूचनाहरूको प्रभाव कम गर्नका लागि पनि पत्रकारिता क्षेत्रले निष्पक्ष भूमिका निर्वाह गर्न आवश्यक छ ।








प्रतिक्रिया राख्नुहोस्