तपाईँ सुन्दै हुनुहुन्छः

गंगासागर क्षेत्रको अतिक्रमण हटाइयो

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामको मुटुमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागर क्षेत्रमा अतिक्रमण गरेर बनाइएको घर तथा टहरा हटाउने काम भएको छ । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको अगुवाईमा जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्य संघ, प्रहरी प्रशासन तथा नागरिक समाजको सक्रियता हटाउने काम भएको हो । 

बाहिरबाट आउने धार्मिक पर्यटकहरू जनकपुरधामको गंगासागरमा स्नान गरेर जानकी मन्दिर सहितका अन्य मठ मन्दिरहरूमा पूजापाठ गर्ने गरेकोमा जथाभाबी रुपमा घर, टहरा तथा पसल बनाएको कारणले कुरूप बनेका थिए । 

जनकपुरधामलाई सुन्दर, सफा तथा स्वच्छ बनाउनका लागि मधेश प्रदेशका गृहमन्त्री महतो आफै सक्रिय भएपछि उहाँको कामको जनकपुरधाम उपमहानगरपालिका, वडा कार्यालयहरू, स्थानीय प्रशासन, जनकपुरधाम उद्योग वाणिज्य संघ तथा नागरिक समाजको पूर्ण साथ दिएको छ । 

जनकपुरधामको धार्मिक तथा ऐतिहासिक महत्वको गंगासागर पोखरीको पश्चिम भागमा बनाएका कैयन टहरा तथा पसलहरू खाली गर्नका लागि पटक पटक उपमहानगरपालिकाले सूचना जारी गर्दा पनि अटेरी गरेपछि आज डोजर लगाएर हटाउने काम भएको छ । 

पसल कमल तथा टहरा हटाउनका लागि गृह, सञ्चार तथा कानूनमन्त्री महतो तथा वडा नंं ४ का वडाध्यक्ष सुरेश झा, जनकपुरधाम उद्योग वाणिज्य संघका सुरेन्द्र भण्डारी सहितका स्थानीय बुद्धिजीवीहरू, प्रहरी, नगर प्रहरी सक्रिय भएका थिए । 

यस अघि जानकी मन्दिर, राममन्दिर, जनक मन्दिर तथा रामानन्द चोक देखि जनक चोकसम्मका सडक पेटीहरू खाली गराउने काम भएपछि नगरक्षेत्र सफा र सुन्दर भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button