अध्यक्ष ओली पक्राउपछि आकस्मिक एमाले सचिवालय बैठक: राजनीतिक–कानूनी रणनीति तय हुने
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज पार्टीको केन्द्रीय कार्यालयमा बसिरहेको छ।
पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीपछि अबको राजनीतिक र कानूनी कदमबारे छलफल गर्न अहिले पार्टीको केन्द्रिय कार्यालयमा बसिरहेको छ । बैठकका सहभागी नेताहरूले जानकारी दिएका छन् कि बैठकले समग्र स्थितिको मूल्यांकन गरी आवश्यक निर्णय लिनेछ।
पार्टी नेताहरूले ओलीको पक्राउ पूर्वाग्रह र प्रतिशोध प्रेरित भएको भन्दै, यसले मुलुकलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।








प्रतिक्रिया राख्नुहोस्