तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, जातीपोखरीकी ९ वर्षीया बालिका लमिना बाइवाको भिरबाट लडेर मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८२ चैत ९ गते दिउँसो करिब ३ः३० बजे घाँस काट्न घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको चुत्रोघारीडाँडा जङ्गलतर्फ गएकी लमिना साँझसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए । 

खोजीका क्रममा चैत १० गते बिहान करिब ७ बजे सोही स्थानको भिरबाट करिब ३०० मिटर तल लडेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button