रौतहटमा ३५ सार्वजनिक सवारीको यान्त्रिक परीक्षण
रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर र यातायात व्यवस्था कार्यालय गौरको संयुक्त आयोजनामा रौतहटमा ३५ वटा सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण गरिएको छ ।

सवारी साधनको प्राविधिक अवस्था सुधार गरी सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो । परीक्षणका क्रममा बस, मिनिबस तथा अन्य सार्वजनिक सवारी साधनको ब्रेक, लाइट, टायर, इन्जिन लगायतका महत्वपूर्ण पक्षको जाँच गरिएको थियो । कार्यक्रममार्फत सवारी धनी तथा चालकलाई समयमै मर्मत र नियमित परीक्षणको महत्वबारे सचेतना समेत प्रदान गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले समयमै सवारी साधनको मर्मत तथा यान्त्रिक परीक्षण गरे दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि चालक, सवारी धनी र सम्बन्धित निकाय सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
ट्राफिक प्रहरीले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सुरक्षित यातायात व्यवस्थापनमा थप प्रभावकारी पहल गर्ने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्